काठमाडौँ। लगानीकर्ताको मनोबल लगातार घटेर बजार अधोगतितर्फ लागेको बेला नेपाल स्टक एक्सचेञ्जले कोल्याटरलको लिमीट सम्बन्धी व्यवस्थामा कडाई गरेको छ ।
लगानीकर्ताको मनोबल उकास्ने सुधारका कामहरु छाडेर नेप्सेले केही ठूला खेलाडीहरुले ब्रोकरले दिएको लिमीटबिना नै ठूलो परिमाणमा सेयर कारोबार गरेका र उधारोमा ठूलो कारोबार गरेका घटनाहरुको पर्दाफास भएपछि त्यसमै केन्द्रीत रहेर नेप्सेको सुपरीवेक्षण विभागले चेतावनीयुक्त सूचना जारी गरेको हो ।
ट्रेड युनियन खारेज गर्दै सरकार, युनियनहरु विरोधमा, विज्ञ भन्छन् “सन्तुलित बाटो रोजौँ”
कारोबार सदस्यहरुलाई बुधबार एक लिखित निर्देशन गर्दै सुपरीवेक्षण शाखाले लगानीकर्ताहरुको वास्तविक कोल्याटरल लिमीट रकमभन्दा बढी गुणामा खरीद आदेश प्रविष्ट गर्न दिने, अस्थायी खरीद आदेश प्रविष्ट गरी माग उच्च देखाउने लगायतका कार्य नगर्न र हुन नदिन भनेको हो । यस्ता कार्य गरी बजारमा नकारात्मक क्रियाकलाप गरेको देखिएमा धितोपत्रको प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

नेप्सेले दुई बुँदे निर्देशन दिंदै धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम८-१० अन्तर्गत कारोबार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने प्रष्ट पारेको छ ।
‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम(८)को व्यवस्था विपरीत लगानीकर्ताको कोल्याटरल लिमीट रकमभन्दा बढी रकम खरीद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले प्रविष्टी गर्नका लागि उपलब्ध गराउने कार्य नगर्ने नगराउने ।’- निर्देशनको दोश्रो बुँदामा भनिएको छ ।







