काठमाडौं । सेयर बजारमा आज गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ अंकमा कायम भएको छ ।
कुल १ करोड ४० लाख १८ हजार कित्ता सेयर ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ ।
आजको कारोबारमा ४२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २१३ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड २८ लाख, सोलु हाइड्रोपावरको २८ करोड १२ लाख तथा कुमारी बैंकको २२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ







