काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैंकले ११ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी २ अर्ब ६० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १६ अर्ब २ करोड रुपैयाँ र सञ्चालन नाफा ५ अर्ब ९० करोड रुपैयाँ गरेको छ ।
गत वर्षको चैत मसान्तसम्ममा बैंकले खुद शुल्क तथा कमिशन आम्दानी २ अर्ब ३१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५३ करोड रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ३३ करोड रुपैयाँ थियो ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १०.५० प्रतिशत रहेको देखिन्छ ।
३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकले ६ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १५.८६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.४६ गुणा छ ।
गत वर्षको चैतमा ४.९८ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ४.९७ प्रतिशतमा झरेको छ ।







