काठमाडौं । सरकारले सहकारी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष यी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आएको छ । अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितलनिवास पु¥याइएको हो ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।

तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए ।