काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा हल्का सुधार देखिएको छ। सोमबार NEPSE Index ७.७३ अंकले उकालो लाग्दै २७९६.४३ विन्दुमा पुगेको हो।
आज कुल १ करोड ९ लाख २८ हजार कित्ता सेयर कारोबार हुँदा ७ अर्ब ७४ करोड ८८ लाख रुपैयाँ बराबरको किनबेच भएको छ। कारोबार भएका कम्पनीहरूमध्ये १५७ वटाको सेयर मूल्य बढेको छ भने १०२ वटाको मूल्य घटेको देखिएको छ। त्यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ भने सिटी होटलको मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।











