काठमाडौँ। नेपाल बसोबास बस्ती संरक्षण समाजले सरकारले सुकुमबासी बस्तीहरूमा डोजर चलाएकोप्रति जिल्ला प्रशासन कार्यालयमार्फत् ध्यानाकर्षण पत्र बुझाएको छ।
समाजले सुकुमबासीको विषयमा छानबिन नै नगरी प्रहरी प्रशासन लगाएर ज्यादती गरेको भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएको हो । सुकुमबासी र भूमिहीनका ६० वर्ष पुराना बस्तीहरूमाथि बिनाविकल्प र बिना संवाद डोजर चलाएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
सीडीओ कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइएको ध्यानाकर्षणमा सरकारको कार्यशैलीलाई ‘जङ्गली शैली र ‘क्रूर दमन’ को संज्ञा दिइएको छ।
,‘बालेन सरकारले ६० वर्ष पुरानो इतिहास बोकेका सुकुमबासी बस्तीमाथि कुनै वार्ता र छलफल बिना डोजर चलाउनु कुनै शत्रु राष्ट्रले हमला गरे भन्दा क्रूर छ । संविधानको धारा ३७ र ४० ले प्रत्याभूत गरेको आवासको हक र भूमिहीनको अधिकारलाई सरकारले कुल्चिएको छ ।’ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।








