काठमाडौं । संसद नबोलाएर सरकारले धमाधम अध्यादेश ल्याइरहँदा चौतर्फी आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्टीकरण दिएको छ ।
आज सिंहदरबारमा रास्वपाको संसदीय दलको अनौपचारिक बैठकपछि महामन्त्री कवीन्द्र बुर्लाकोटीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले छिटो काम गर्नको लागि अध्यादेशको बाटो रोजेको बताएका हुन् ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रक्रियामा जाँदा लामो समय लाग्ने भएकाले छरितो बाटो रोजेको प्रष्ट्याए । ‘यो अध्यादेश आम नागरिकको म्यान्डेट अनुसार छिटो काम गर्नको लागि हो। हाम्रो कानुनको झमेलाको दृष्टिकोणबाट हेर्दा ३/४ महिना जति न्यूनतम पनि लाग्ने खालका छन्। प्रक्रियागत एउटा लामो अभ्यास गर्नुपर्ने कुराहरू छ। त्यसैले ल्याइएको हो,’ उनले भने ।
उनले अधिवेशन आह्वान गरेको सदन स्थगन गरेर अध्यादेश ल्याइएको भएपनि सरकारको सफा नियत रहेको पनि बताए ।







