काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्न नसकेको क्षेत्रमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले जिल्ला र निर्वाचन क्षेत्र अनुसार जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको हो। उक्त जानकारी पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिएका छन्।

रास्वपाले प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिट जितेको थियो भने समानुपातिकतर्फबाट ५७ सिट हासिल गरेको छ।