काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। कम्पनीले कुल १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्रीमा राखेको हो।कम्पनीका अनुसार उक्त सेयर सर्वसाधारणसहित इच्छुक व्यक्ति, संस्था तथा लगानीकर्ताले खरिद गर्न सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ निर्धारण गरिएको छ।लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेश गर्दा आफूले किन्न चाहेको सेयर संख्या र प्रस्तावित दररेट खुलाएर आवेदन दिनुपर्नेछ। बोलपत्र न्यूनतम १ लाख कित्ताका लागि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ भने अधिकतममा १० अंकको गुणाङ्कमा वा उपलब्ध सम्पूर्ण कित्ताका लागि दाबी गर्न सकिने कम्पनीले जनाएको छ।सेयर खरिद...

छुटाउनुभयो कि ?