काठमाडौं। मंगलबार सेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अंकले उकालो लाग्दै २७१२.८६ विन्दुमा पुगेको हो।कारोबार रकमतर्फ हेर्दा ७७ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।आजको बजारमा १६२ कम्पनीको सेयर मूल्य बढेको देखिएको छ भने ९० कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको मूल्य भने यथावत् रहेको छ।कारोबारका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको २३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।यसैगरी रिलायन्स स्पिनिङ मिल्समा १२ करोड ७८ लाख, नेशनल हाइड्रोपावरमा ११ करोड ५२ लाख, आँखुखोला जलविद्युतमा ८ करोड १५ लाख र पाल्पा...

छुटाउनुभयो कि ?