काठमाडौँ । अग्नि सिमेन्टले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। सो सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्न कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको हो।फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले चैत १२ गते बिहान ११ बजेदेखि काठमाडौँस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा सभा गर्ने निर्णय गरेको जनाएको छ।सभामा सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विषय पनि छलफलका लागि पेश गरिनेछ।त्यसैगरी, अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणमाथि पनि छलफल गरी स्वीकृत गरिने कार्यक्रम रहेको छ।


