काठमाडौँ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले असार ८ गते बिहान ८ बजे त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने कार्यसूची रहेको छ । साथै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ । आवश्यक परे नियामक निकायको निर्देशनअनुसार थप संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि प्रस्तुत गरिनेछ । यसका अतिरिक्त, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुमोदन तथा नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव समेत सभाबाट पारित गरिनेछ ।

छुटाउनुभयो कि ?