काठमाण्डौ । स्नो रिभर्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले वैशाख २९ देखि जेठको सुरुवाती दिनसम्म आवेदन खुला गरेको उक्त आईपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत वितरण गरिएको हो। सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्कासन गरिएको थियो। तर माग अत्यधिक भएकाले शेयर बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको क्यापिटलले जनाएको छ। आईपीओमा अपेक्षाभन्दा निकै बढी, करिब ३५.२९ गुणा आवेदन परेको थियो। कुल २५ लाख ५७ हजारभन्दा बढी आवेदकको आवेदन स्वीकृत हुँदा करिब २ करोड ७४ लाखभन्दा बढी कित्ताका लागि माग परेको थियो। बाँडफाँडमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले शेयर...

छुटाउनुभयो कि ?