काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुक बिल्डिङ्ग प्रणालीमार्फत शेयर जारी गर्न सम्झौता गरेका कम्पनीहरूको नयाँ विवरण सार्वजनिक गरेको छ। बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को प्रावधानअनुसार योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको शेयर शिलबन्दी बोलपत्र प्रक्रियाबाट बिक्री गर्न विभिन्न कम्पनीहरूसँग समझदारी गरिएको नेप्सेले जानकारी दिएको छ। नेप्सेले सार्वजनिक गरेको सूचीमा यति ब्रुअरी लिमिटेड, नर्मिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड, पूर्वाञ्चल ल्युव आयल लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेड रहेका छन्। यी कम्पनीहरू बुक बिल्डिङ्ग विधिबाट शेयर निष्काशनको तयारीमा छन्। उक्त कम्पनीहरूले संस्थागत लगानीकर्ताका लागि निश्चित संख्यामा शेयर छुट्याएका छन्, जसमा केहीले ठूलो परिमाणमा...

छुटाउनुभयो कि ?