काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सोमबारदेखि नयाँ नियम लागु भयो। हालै ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनअनुसार आजदेखि सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने नियम लागु भएको हो। यसअघि यस्तो सीमा १० प्रतिशतमा सीमित थियो ।हालै लागू गरेको नयाँ सर्किट ब्रेकर लगायतका नियमपछि बजारमा आज देखिएको गिरावटलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेको छ।  सोमबार नेप्से परिसूचक १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा पुगेको हो। कतिपयले त एक दिनको कारोबारकै रिपोर्टका आधारमा बिनातयारी स्वार्थ समूहको इशारामा जथाभावी नियम परिवर्तन गरिएकोले बजारमा असर परेको आरोप समेत लगाएका छन् ।हाल विभिन्न कोणबाट...

छुटाउनुभयो कि ?