काठमाडौँ । सेयर बजारमा बुधबार सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक १.६४ अंकले घट्दै २७११.२२ अंकमा झरेको छ।
बजारमा आज ७१ लाख ३१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
आजको कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको र १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ। कम्पनीको २२ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
त्यसैगरी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड को १६ करोड ७ लाख, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड को १४ करोड ८८ लाख, ङादी ग्रुप पावर लिमिटेड को १२...


