काठमाडौँ। सेयर बजारसँग सम्बन्धित पाँच वटा लगानीकर्ता संघले सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि सरकारसमक्ष चार बुँदे माग अघि सारेका छन्।नेपाल सेयरधनी संघ, नेपाल सेयरबजार लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स एसोसियशन र साधारण लगानीकर्ता संघले संयुक्त रूपमा नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँदै आफ्ना माग प्रस्तुत गरेका हुन्।उनीहरूले हालै परिमार्जन गरिएको विनियमावलीका कारण बजारमा अस्वाभाविक उतारचढाव देखिएको उल्लेख गर्दै यस्ता नीतिहरू सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र लागू गर्नुपर्ने बताएका छन्।यसैगरी, आइपीओ निष्कासनमा लाग्ने प्रिमियम र बुक बिल्डिङ्ग प्रणालीलाई तत्कालका लागि रोक्नुपर्ने माग पनि गरिएको छ। साथै, धितोपत्रसम्बन्धी कानुन बनाउँ सम्बन्धित पक्षहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ।सेयर...

छुटाउनुभयो कि ?