काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सार्वजनिक निष्कासन (आईपीओ) को मिति परिमार्जन गरेको छ। यसअघि जेठ १४ गतेदेखि आईपीओ जारी गर्ने योजना रहेकोमा सो दिन बकर ईदको सार्वजनिक बिदा परेकाले मिति सारिएको कम्पनीले जनाएको छ। अब कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरिनेछ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँड भइसकेको...

छुटाउनुभयो कि ?