काठमाडौं। सेयर बजारमा आज गिरावट देखिएको छ। सोमबार नेप्से परिसूचक १३.१७ अंकले घट्दै २८२५.२३ विन्दुमा पुगेको हो।आज कुल १ करोड १६ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ भने यसको कुल कारोबार रकम ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।कारोबारको अवस्थाअनुसार ६५ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १९७ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज सर्वाधिक कारोबार होटल फरेष्ट इनमा भएको छ। उक्त कम्पनीको मात्रै ३६ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।त्यसैगरी सोलु हाइड्रोपावरमा २९ करोड ८१ लाख, नेशनल हाइड्रोपावरमा २८ करोड ८८ लाख,...


