काठमाडौं। सेयर बजारमा बुधबार सामान्य गिरावट देखिएको छ। आज नेप्से परिसूचक २.९५ अंकले ओरालो लाग्दै २८०४.९७ विन्दुमा पुगेको हो।आज कुल १ करोड ७५ लाख ८८ हजार कित्ता सेयरको कारोबार भएको छ भने कारोबार रकम ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ पुगेको छ।बजारको अवस्थाअनुसार १२१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १३८ कम्पनीको मूल्य घटेको छ। त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।बढ्ने कम्पनीमध्ये पाल्पा सिमेन्टको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरको सेयर करिब १४.९९ प्रतिशतले बढेको छ भने झापा इनर्जीको मूल्य १४.०८ प्रतिशतले वृद्धि भएको छ।

छुटाउनुभयो कि ?