काठमाण्डौ । प्रहरीले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई चुनदेवीबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार नै उनी प्रक्राउ परेको खुलेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब रु. ४९,१९,८६५.९० ( उनन्चास लाख उन्नाईस हजार आठ...

छुटाउनुभयो कि ?