काठमाडौं । एनआइसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने अनुमति नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको छ । बैंकले ५० प्रतिशत अर्थात् २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजना अघि बढाएको हो । राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाएसँगै अब बैंकले उक्त प्रस्ताव आगामी जेठ १८ गते हुने साधारण सभामा पेश गर्नेछ । सभाबाट अनुमोदन भएपछि आवश्यक अन्य प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

छुटाउनुभयो कि ?