काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्सले आफ्नो ८ औंं वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ६ गते काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपाल पुलिस क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। सातौं वार्षिक साधारण सभाबाट पारित चुक्तापूँजीको १७ प्रतिशत हकप्रद सेयरबमोजिम हुन आउने ३६ लाख ५५ हजार कित्ता समावेश गरी आठौं साधारण सभाबाट पारित हुने बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजीमा हकप्रद सेयरसहितको विवरण पुनरावलोकन गर्न सक्ने अधिकार र नियमनकारी...


