काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर कारोबारलाई अझ सक्रिय र विस्तार गर्ने उद्देश्यसहित सोमबारदेखि नयाँ ‘सर्किट’ प्रणाली लागू गरेको छ।हालै ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा गरिएको संशोधनअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ ।यसअघि यस्तो सीमा १० प्रतिशतमा सीमित थियो । नेप्सेका अनुसार अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल मिलाउने र स्वदेशी पूँजी बजारमा बढ्दो लगानीकर्ताको चासोलाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो।कस्तो पर्ला प्रभाव ?नयाँ मूल्य सीमा लागू हुँदा बजारमा अल्पकालीन रूपमा उतारचढाव बढ्न सक्ने अनुमान गरिए पनि यसले मूल्य निर्धारण प्रक्रियालाई अझ यथार्थपरक बनाउन र बजारमा तरलता वृद्धि गर्न सहयोग पुग्ने...

छुटाउनुभयो कि ?