काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ। हस्पिटलले आफ्नो कुल जारी पूँजीको २० प्रतिशत अर्थात् २० लाख ४१ हजार २०० कित्ता शेयर निष्काशन गर्ने योजना बनाएको छ। त्यसमध्ये ४० प्रतिशत बराबर ८ लाख १६ हजार ४८० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको छ। यसै क्रममा कम्पनीले गत वैशाख ११ गते काठमाडौं म्यारियट होटलमा ‘रोड शो’ कार्यक्रम सम्पन्न गरिसकेको छ, जसमा लगानीकर्ताहरूलाई निष्काशन सम्बन्धी जानकारी दिइएको थियो। बुक बिल्डिङ्ग प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूले गोप्य शिलबन्दीमार्फत आशयपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आशयपत्र बुझाउने अन्तिम मिति २०८३ साल वैशाख २१ गते साँझ...

छुटाउनुभयो कि ?