काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। नेप्से परिसूचक ३९.४४ अंकले घट्दै २७४४.४० विन्दुमा झरेको हो। आज बजारमा १ करोड ६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६६ करोड रुपैयाँ नाघेको छ, जसले बजारमा लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत गर्छ। कारोबारमा सहभागी कम्पनीमध्ये १३ वटाको सेयर मूल्य बढ्दा २५१ वटाको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। यद्यपि बजार समग्रमा ओरालो लागे पनि केही कम्पनीले सकारात्मक प्रदर्शन गरेका छन्। धौलागिरी लघुवित्तको सेयर मूल्य करिब १५ प्रतिशतले बढ्दै लगानीकर्ताको ध्यान आकर्षित गरेको छ। कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अगाडि देखिएको...

छुटाउनुभयो कि ?