काठमाडौँ। साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार शुक्रबार नेप्से ५.३६ अंकले उकालो लाग्दै २८३८.४० विन्दुमा पुगेको हो।आज कारोबारमा रहेका १३ उपसमूहमध्ये ५ समूहको सूचक बढ्दा बाँकी ८ समूहमा भने गिरावट आएको छ। कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र रिड्ज लाइन इनर्जीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्। यी कम्पनीहरूको सेयर मूल्य क्रमशः १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले वृद्धि...

छुटाउनुभयो कि ?