काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद तोकिएको छ । कम्पनीले वैशाख ३ गतेदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको हो ।नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४२ लाख ९० हजार कित्ता आईपीओ बिक्रीका लागि फागुन १७ गते स्वीकृति पाएको थियो । सो कुल सेयरमध्ये २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११...

छुटाउनुभयो कि ?