काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले आफ्नो तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा आगामी जेठ १ र २ गते काठमाडौंमा आयोजना गर्ने घोषणा गरेको छ। महासंघले बिहीबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक जानकारी दिएको हो। महाधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। महासंघका अध्यक्ष भरत भट्टराई का अनुसार देशभरबाट करिब १५ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। उनले कार्यक्रम राष्ट्रिय सभा गृह मा आयोजना गरिने बताए। महासचिव सन्तोष घिमिरे ले महासंघले हालसम्म ७ प्रदेश र ७० जिल्लामा आफ्नो सञ्जाल विस्तार गरिसकेको जानकारी दिए। उनका अनुसार देशभर २७ हजारभन्दा बढी सदस्य महासंघमा आबद्ध छन्। महाधिवेशनबाट ५५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। विधानअनुसार...

छुटाउनुभयो कि ?