काठमाण्डौ । जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन भएको छ । कम्पनीको नाम परिवर्तन भई सर्वोत्तम स्पिनिङ मिल्स लिमिटेड कायम भएको हो ।जगदम्बा स्पिनिङ मिल्सको नाममा रहेको सम्पूर्ण चल÷अचल सम्पत्ति तथा तिर्नुपर्ने ऋण,धन, कर दायित्व आदि परिवर्तित कम्पनीले सकार्ने गरी कम्पनीको नाम परिवर्तन भएको हो ।गत वैशाख १० गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । जसलाई कम्पनीको रजिष्ट्रारको कार्यालयले वैशाख १६ गते स्वीकृती प्रदान गरेको थियो कम्पनी आईपीओ जारी गर्ने तयारीमा रहेको छ । कम्पनीको उक्त सभाबाट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने तथा सेयर संख्या परिमार्जन गर्ने र आईपीओबाट प्राप्त रकमको...


