काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचकमा झिनो गिरावट देखिँदा समग्र कारोबार भने सन्तुलित रहेको छ।
सोमबार नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको छ। कारोबारका क्रममा कुल ५८ लाख २७ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ११९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने १८ कम्पनी स्थिर रहेका छन्।
कारोबार रकमका आधारमा साहस ऊर्जा शीर्ष स्थानमा रह्यो। कम्पनीको ८४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको ७३ करोड ४८ लाख, एसवाई प्यानलको...


