काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो।
आईपीओमा अत्यधिक आवेदन परेपछि गोलाप्रथा (लटरी) प्रणालीमार्फत सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर छुट्याएको थियो।
उक्त आईपीओमा कुल २९ लाख ४८ हजार ९६६ जनाले आवेदन दिएका थिए, जसमा २७ लाख ७१ हजार २५२ आवेदन स्वीकृत भएका छन्। योग्य आवेदकमध्ये २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
बाँकी रहेका ५ कित्ता सेयर भने थप पाँच...


