काठमाडौँ । आगामी बजेट अघि खानेपानी महसुलमा लगाइएको कर हटाउन दबाब बढेको छ। खानेपानी उपभोक्ता समितिहरूले उठाउने शुल्कमा कर नलिन सरोकारवालाहरूले सरकारसँग औपचारिक रूपमा माग गरेका छन्।
बबरमहलमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको साधारण सभामा सहभागी प्रतिनिधिहरूले यस्तो माग राखेका हुन्।
महासङ्घका अध्यक्ष खेमराज वलीले गैरनाफामुखी उपभोक्ता समितिहरूले मर्मतसम्भारका लागि उठाउने महसुलमा कर लगाउनु उपयुक्त नभएको बताए। उनले उक्त कर हटाउनुपर्नेमा जोड दिए।
गत वर्षको बजेटमा यस्तो महसुलमा कर छुट दिइएको भए पनि यस वर्ष पुनः कर लगाउने नीति ल्याइएको भन्दै सहभागीहरूले असन्तुष्टि जनाएका छन्। कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य सुशान्त वैदिक सँग उनीहरूले सरकारसँग पहल गरिदिन आग्रह गरेका...


