काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि यसअघि प्रस्ताव गरिएको लाभांश पूर्ण रूपमा खारेज गर्दै कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको अघिल्लो बैठकले कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो, जसमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश समावेश थियो। उक्त प्रस्ताव नियामक निकायको स्वीकृति र वार्षिक साधारण सभाबाट अनुमोदनपछि कार्यान्वयन हुने गरी अघि बढाइएको थियो। तर, पछिल्लो समय देखिएको वित्तीय अवस्था, नियामकीय प्रावधान तथा वित्तीय सूचक सुदृढ बनाउने आवश्यकताका कारण उक्त प्रस्ताव कार्यान्वयन गर्न नसकिने अवस्था बनेको संस्थाले जनाएको छ। यसपछि जेठ ८ गते बसेको सञ्चालक समितिको अर्को...

छुटाउनुभयो कि ?