घण्टी चुनाव चिन्हमा मतदान गर्न आब्हान गर्ने मध्येको एक लगानीकर्ताको हैसियतबाट त्यसप्रति आफ्नो जिम्मेवारीबोध गर्दै बजेटप्रतिको धारणा ब्यक्त गर्दछु । बालेन सरकार बनेपछि पूँजी बजारसम्बन्धी राम्रो नीति आउँछ र पहिलो काम नै पूँजी बजार सुधारबाट शुरु हुन्छ भनेर मैले भनेकै हो र त्यसप्रति आत्मालोचना गर्छु ।१. बजेट बक्तब्यमा पूँजी बजारलाई महत्वमा राख्दै पेज नं ३ मा अर्थमन्त्रीले सूचीकृत‍ कम्पनीका‍ धितोपत्र बिक्रीमा लाग्दै‍आएको‍ पूँजीगत लाभकर अन्तिम हुने ब्यवस्था मिलाएको छु भन्ने उल्लेख गर्नुभयो । यो स्वागतयोग्य हो तर नयाँ हैन । २०५८ सालमा आयकर ऐन लागु हुँदादेखि नै यो अन्तिम कर भनेर उल्लेख गरिएको थियो र हामी लगानीकर्ताले अन्तिम कर...

छुटाउनुभयो कि ?