काठमाडौँ । निरन्तर ओरालो लागेको शेयर बजारमा आज फेरि प्रि ओपन सेसनमै नेप्से सूचक ०.६३ विन्दुले घटेको छ। आज सूचक २६८७.६८ अंकमा आएको छ। ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३८ कम्पनीको ६ हजार ४ सय २ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो । १२ कम्पनीको मूल्य बढेको छ भने २४ वटाको मूल्य घटेको छ । शेयर बजारमा आएको निरन्तरको गिरावटले लगानीकर्ताको आत्मबल कमजोर बनाउँदै लगेको छ ।