काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको राजनीतिक नेतृत्वमा देखिएको पुस्तान्तरणलाई ऐतिहासिक परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभामा बोल्दै उनले अहिलेको नेतृत्व संरचना देशको नयाँ राजनीतिक युगतर्फको संकेत भएको बताए ।
उनका अनुसार ३६ वर्ष उमेरका प्रधानमन्त्रीले देशको नेतृत्व सम्हाल्नु र आफू ५० वर्षको उमेरमै मन्त्रिपरिषद्को सबैभन्दा वरिष्ठ सदस्यका रूपमा रहनुले परम्परागत राजनीतिक सोचमा ठूलो परिवर्तन आएको देखाउँछ । यसलाई उनले “अभूतपूर्व पुस्तान्तरण” को उदाहरणका रूपमा प्रस्तुत गरे ।
अर्थमन्त्री वाग्लेले अब निजी क्षेत्रले पनि आफ्नो सोच र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले देश विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य...


