काठमाडौं। सेयर बजार लगातार ओरालो लाग्ने प्रवृत्ति कायमै देखिएको छ। बिहीबार नेप्से परिसूचक १७.०१ अंकले घट्दै २७८७.१५ बिन्दुमा झरेको हो।आज कुल १ करोड १३ लाख ७५ हजार कित्ता सेयर करिब ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँमा किनबेच भएको छ।कारोबारका आधारमा हेर्दा आज ४६ कम्पनीको मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घटेको छ। साथै ७ कम्पनीको मूल्य स्थिर रहेको छ।आज पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। कारोबार रकमका हिसाबले रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहँदै ३० करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।यसैगरी सोलु हाइड्रोपावरको २६ करोड ७ लाख, आँखुखोला जलविद्युतको २६...


