काठमाडौं। हिमालयन पावर पार्टनर लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको छ ।
कम्पनीले आफ्नो हालको चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँको आधारमा १ः०.५ अनुपातमा नयाँ सेयर जारी गरेको हो ।यसअनुसार प्रत्येक १ कित्ता सेयर बराबर ०.५ कित्ता थप सेयर पाइनेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्कासन गरिएको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले चैत १० गते एक दिन बुक क्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेप्सेमा सेयर किनबेच गरी कायम भएका लगानीकर्ता मात्रै यसमा आवेदन दिन योग्य हुनेछन्।लगानीकर्ताले हकप्रद सेयरका लागि जेठ ६ गतेसम्म...


