काठमाडौं ।। सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले पहिलो चरण अन्तर्गतको आईपीओ यही वैशाख २१ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर रु।१०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशतले हुने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो ।कम्पनीको यो आईपीओमा छिटोमा वैशाख २४ गतेसम्म र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५...


