काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि एभरेष्ट कलर लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख १६ गतेदेखि श्रम स्वीकृति प्राप्त गरेका विदेशमा कार्यरत नेपाली लक्षित गरी आईपीओ खुला गरेको थियो।
यस चरणअन्तर्गत कुल ७९ हजार कित्ता सेयर छुट्याइएको छ। इच्छुक आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
विदेशमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
त्यसैगरी, मेरो सेयर मार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ,...


