काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।
नेप्से परिसूचक आज १.७७ अंकले उकालो लाग्दै २७३१.९४ बिन्दुमा पुगेर बन्द भएको हो। बजारमा लगानीकर्ताको मध्यम सक्रियता देखिँदा कुल ७९ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ, जसको कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीहरूमध्ये १२७ वटाको सेयर मूल्य बढेको छ भने १२० वटाको घटेको छ। यस्तै, २२ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो, जहाँ ३० करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसपछि अपि पावर, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल...


