काठमाडौँ। विवादित व्यवसायी दीपक भट्टको शेयर कारोबार प्रकरणमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पनि मुछिएका छन्। यससँगै गोल्छा पनि प्रहरीको निगरानीमा परेका हुन्।केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख मनोज केसीका अनुसार हालसम्म उनी पक्राउ भने परेका छैनन्। नेपाल धितोपत्र बोर्डका अनुसार हिमालय सेक्युरिटिज बैंकरको शेयरधनी लगत बमोजिम हिमालयन सेक्युरिटिजमा हिमालयन रिइन्स्योरेन्सको ७५ प्रतिशत, दिपक भट्टको ७ प्रतिशत, शेखर गोल्छाको २.५ प्रतिशत शेयर स्वामित्व रहेको छ।हिमालयन इन्भेष्टमेन्ट बैंकरको शेयरधनी लगत बमोजिम उक्त संस्थामा दिपक भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत शेयर स्वामित्व रहेको बोर्डले जनाएको छ। हिमालयन इन्भेष्टमेन्ट बैंकले एचएलआई लार्ज क्याप फण्डनामक सामूहिक लगानी कोषको योजना सञ्चालन...

छुटाउनुभयो कि ?