काठमाडौँ । नेपाल आर्थिक संघको ३६औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ। सभाले प्रा. डा. विश्वम्भर प्याकुर्याललाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको छ। कार्यक्रम मे २ मा काठमाडौँमा सम्पन्न भएको थियो। निर्वाचनपछि सम्बोधन गर्दै अध्यक्ष प्याकुर्यालले संघले स्थापना कालदेखि सामना गरेका चुनौतीहरूको चर्चा गर्दै पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गर्दै आफ्नो भूमिका सुदृढ बनाएको बताए। विश्व बैंक, यूएनडीपी तथा नेपाल सरकार सँगको सहकार्यमा आर्थिक नीति, अनुसन्धान र समसामयिक विकासका विषयमा बहस तथा कार्यक्रमहरू सञ्चालन गरिएको उनले जानकारी दिए। उनले संघका गतिविधिलाई आगामी दिनमा प्रदेशस्तरसम्म विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरे। साथै, दक्षिण एसियाका विद्यार्थी तथा...

छुटाउनुभयो कि ?