काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार (वैशाख ७ गते) देखि नयाँ कारोबार नियमहरू लागू हुने भएका छन्।नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा गरिएको संशोधनअनुसार पाँच मुख्य परिवर्तन कार्यान्वयनमा आउनेछन्।नयाँ व्यवस्थाअनुसार सूचीकरण भएका कम्पनीहरूको सेयर मूल्यमा हुने दैनिक उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ। अब एक दिनमा कुनै पनि कम्पनीको सेयर मूल्य अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ।त्यसैगरी, बजार खुल्नुअघि हुने प्रि–ओपन सेसनमा पनि मूल्य परिवर्तनको सीमा संशोधन गरिएको छ। बिहान १० बजेर ३० मिनेट देखि १० बजेर ४५ मिनेटसम्म सञ्चालन हुने उक्त सेसनमा अब सेयर मूल्य ५ प्रतिशतसम्म मात्र...


