काठमाडौँ। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।कम्पनीका अनुसार वैशाख १६ गतेदेखि ७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर सार्वजनिक गर्न लागिएको हो। यसमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परे वैशाख ३० गतेसम्म म्याद थप हुन सक्छ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसअघि कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित...

छुटाउनुभयो कि ?