काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरेको छ। शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।नेप्सेले आफ्नो सहायक कम्पनी सीडीएससीमा प्रतिनिधि सञ्चालकका रूपमा पठाएकी पन्दाकलाई सोही समितिले सीईओको जिम्मेवारी पनि दिएको थियो।सीईओको भूमिकामा रहँदा सूचीकृत कम्पनीलाई दुईवटा आइजिन उपलब्ध गराउने नीति ल्याउने तयारी भएपछि उनी विवादमा परेकी थिइन्। उक्त विषयमा अर्थ मन्त्रालयले चासो देखाएपछि नेप्से बोर्डले उनलाई फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जनाएको छ।सीडीएससीको सञ्चालक समितिमा नेप्सेका तर्फबाट चुडामणी चापागाईं अध्यक्ष र पन्दाक सदस्यका रूपमा रहेका थिए। साथै अर्थ मन्त्रालयबाट अशोक गुरागाईं र...


