काठमाडौं । सेयर बजारमा आज पनि नेप्से परिसूचक घटेको छ । आज बुधबार नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ अंक विन्दुमा आइपुगेको छ ।बुधबार १ करोड २१ लाख ३४ हजार कित्ता सेयर ४ अर्ब ९८ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।त्यस्तै, ३० वटा कम्पनीको सेयर मूल्य बढ्दा २३५ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।पाल्पा सिमेन्टको २० करोड २२ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख, सोलु हाइड्रोपावरको १७ करोड...


