काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सकारात्मक सुधार देखिएको छ। नेप्से परिसूचक सोमबार ३८.१९ अंकले बढ्दै २७८३.८५ बिन्दुमा पुगेको हो। आज कुल १ करोड ४ लाख ३९ हजार कित्ता सेयर करिब ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको देखिएको छ, जहाँ २४७ कम्पनीको मूल्य उकालो लाग्दा १८ कम्पनीको घटेको र ४ कम्पनी स्थिर रहेका छन्। कारोबारका हिसाबले रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेको छ, जसको २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यसैगरी नेशनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र शाहस उर्जाका सेयरमा पनि उच्च कारोबार भएको देखिएको छ। बजारमा देखिएको...

छुटाउनुभयो कि ?