काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा आह्वान गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार साधारण सभा आगामी जेठ १८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्ने कार्यसूची पनि समावेश गरिएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले जेठ ६ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार जेठ ५ गतेसम्म NEPSE मा कारोबार भई कायम...


